Aamsanchar

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न आदेश

Author Image
शुक्रवार, भदौ ८, २०८०

विराटनगर- उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे ।रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षराेपण गरेका थिए । वृक्षराेपण गरेकाे जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाकाे जग्गा भएकाले वृक्षराेपण गरेकाे दाबी गरेका छन् ।सोमबार मेयर साम्पाङ पुन: त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीकाे नाममा कानुन बमाेजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदककाे जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर