Aamsanchar

किसानद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

Author Image
शुक्रवार, भदौ ८, २०८०


विराटनगर। नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्वब थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । विराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेको किसानहरूको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
विगतदेखि वर्तमानसम्म जति सरकार परिवर्तन भएपनि किसानका समस्याहरू सम्बोधन नभएको भन्दै २० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य केशव भट्टराईले बताए ।
प्रारम्भमा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा प्रदेश सांसद उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको मा महासङ्घको तर्फबाट बधाइसहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य केशव भट्टराई तथा प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त समेत गरेका थिए । ज्ञापनपत्र पनि केन्द्रीय सदस्य भट्टराई र प्रदेश अध्यक्षले संयुक्त रुपमा बुझाएको सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री थापाले नेपाल किसान महासङ्घले निरन्तर रुपमा किसानका सवालमा काम गरिरहेको प्रति खुसी व्यक्त गर्दै प्रदेशमा आफ्नो पार्टीको सरकार बनिरहदा थप अपेक्षा राख्नु स्वाभाभिक भएको बताएका थिए ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले महासङ्घले उठाएका २० वटा मागहरू अत्यन्तै जायज र आवश्यक रहेको भन्दै यी विषयमा कहाँ, कसरी र कहिलेसम्ममा सम्बोधन गर्न सकिन्छ रु यस विषयमा प्रदेश कृषिमन्त्री तथा कृषि मन्त्रालयसँग तत्काल बसेर छलफल गर्ने बताउनुभयो ।

ज्ञापनपत्रमा किसानलाई वर्गीकृत परिचयपत्र र त्यसकै आधारमा सेवासुविधा प्रदान गरिनुपर्ने, महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको रोकथाम र क्षतिको आधारमा किसानलाई क्षतिपूर्तिको ब्यवस्था गरिनुपर्ने, कृषि ऐन निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्ने, कृषि अनुदानलाई वर्गीकृत कोटा निर्धारण गरिनुपर्ने, कृषि उपजको आयात गर्दा परीक्षण गरेर मात्रै ल्याइनुपर्ने, रासायनिक मल र खाद्यान्न अभावको स्थायी समाधान खोज्नुपर्ने, कृषि ज्ञानकेन्द्र मार्फत सहज रुपमा कृषि प्राविधिक उपलब्ध गराइनुपर्ने, भुमीहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइनुपर्ने लगायतका माग समेटिएको महासंघ झापाका अध्यक्ष रतन थिङ्लावोले जानकारी दिनुभयो ।

गौरादह ८ भाद्र । नेपाली कांग्रेस गौरादह नगर समितिको नगर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा बीपी स्मृति भवन गौरादहमा नगर सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनका क्रममा नगर सभापति गोपाल कोइरालाले पार्टीले हालसम्म गरेका कार्यप्रगति र भावी योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि थेवे, पार्टी प्रतिनिधि एवं उपसभापति शेरबहादुर भट्टराई, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, ५ नं क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लक्ष्मी बाह्रकोटी प्रसाईँले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगर सचिव माधव कोइरालाले गर्नुभएको थियो ।
यसैबीच नगर समिति एवं नेपाल महिला संघ गौरादहको संयुक्त आयोजनामा शुक्रबारबाट तीनदिने उद्घोषण तालिम शुरु भएको छ । एक सय जना सहभागी तालिममा प्रशिक्षक विरेन्द्र शाहले प्रशिक्षण दिनुहुने र सहजीकरण नेपाल प्रेस युनियन झापाका सभापति गिरिराज भट्टराईले गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर