Aamsanchar

धरानको निषेधाज्ञाको असर झापाको चारपानेमा, पाँच घण्टादेखि सडक जाम

Author Image
शनिवार, भदौ ९, २०८०

चारपाने । धरानमा मङ्गोल र हिन्दु बादी बिच उत्पन्न विवादका कारण  धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्के सम्भावनालाई मध्यनजर गरेर सुनसरी प्रशासनले आज धरान क्षेत्रमा गरेको निषेधाज्ञाको असर झापाको चारपानेमा देखा परेको छ ।
आज बिहान ९ बजे देखि पूर्वपश्चिम मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएको छ ।

झापाको साँघुटार र चारपानेको सांगवेद संस्कृत विद्यालयका विद्यार्थी र गुरुहरू धरान तर्फ जानेक्रममा प्रहरीले चारपाने चोक पश्चिममा गाडी अगाडि बढ्न नदिए पछि आक्रोशित सनातनीहरूले सडकमै आन्दोलन गर्दा यातायात आवागमन अवरुद्ध बनेको हो ।

झापामा कुनै निषेधाज्ञा जारी भएको छैन प्रहरीले हामीलाई हेपेर हाम्रो गाडी रोक्ने काम गर्यो  यसको जवाफ सरकारले दिनु पर्ने माग राखेर हिन्दु सनातनीहरू सडकमै बसेर आन्दोलन गरेको साधुटारका पिठाधीश लक्ष्मी खतिवडाले बताए ।

दर्जनौँ सवारीसाधनहरू रोकिएका छन् । एम्बुलेन्स बिरामी बोकेको गाडीलाई भने बन्दकर्ताहरूले आवतजावत गर्न दिएका छन् ।

सार्वजनिक, निजी ठुला साना गाडी देखि मोटरसाइकललाई पनि रोकिएको छ । सडक जाम हुँदा सयौँ यात्रुहरू गन्तव्य तर्फ जान सकेका छैनन् । यो समाचार तयार पारुन्जेल सम्म बन्द सडक खुलाउन प्रहरी प्रशासनले कुनै ठोस कदम पनि अघि सारेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर