Aamsanchar

धरानका मेयरले ज्यालादारीमा कार्यरत प्रकाश राई र नरबहादुर लिम्बुलाई हटाएको विरोधमा घण्टाघरमा तालाबन्दी

Author Image
आइतवार, भदौ १०, २०८०

धरान : कर्मचारी निष्काशनको विरोधमा संयुक्त ट्रेड युनियन  संघर्ष समितिले आइतबार धरानस्थित घण्टाघरमा तालाबन्दी गरेको छ।

धरानका मेयर हर्क साम्पाङले घण्टाघरमा ज्यालादारीमा कार्यरत प्रकाश राई र नरबहादुर लिम्बुलाई हटाएको समितिले विरोधमा तालाबन्दी गरेको हो। उनीहरूले पुनर्वहाली गर्नुपर्ने माग राखेका छन्।

यसअघि मेयर साम्पाङलाई एक साताको अल्टिमेटम दिँदै ट्रेड युनियनले ज्ञापनपत्र बुझाएको थिए। मेयर साम्पाङले ट्रेड युनियनको मागलाइ बेवास्ता गरेका कारण घण्टाघरमा तालाबन्दी गरिएको नेओआल स्वतन्त्र  यातायात मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)