Aamsanchar

झापाका एकजना डाक्टर सम्पर्क विहीन, कोशी पारी गाडी फेला पर्यो 

Author Image
सोमवार, भदौ ११, २०८०

बिर्तामोड । आइतबार बेलुकादेखि सम्पर्कविहीन भएका झापाका एकजना डाक्टर अझै सम्पर्कमा आएका छैनन । उनको खोजीकार्य तिब्र रुपमा भईरहेको अवस्थामा  प्रदेश १–४१६६ नम्बरको उनको गाडी भने चतरा कोशी पुलपारि उदयपुर बेलाका ८ मा भेटिएको छ ।

झापाको दमक नगरपालिका– १ घर भएका डाक्टर प्रज्वल कोइराला सम्पर्कविहीन भएको उनको पारिवारिक स्रोतले बताएको छ । डाक्टर कोइराला जनरल सर्जन हुन् ।

उनले प्रयोग गर्ने मोबाइल जुत्ता र कपडा गाडीमा रहेको र गाडी लक नगरेको अवस्थामा रहेको स्थानीय प्रहरीले जनाएको छ । राति २ बजेदेखि उनको गाडी खाली रहिरहेको छ ।
करिब तीन वर्ष लाइफलाइनमा काम गरेका डाक्टर कोइराला एक साताअघि मात्रै मङ्गलवारे हस्पिटल मोरङमा गएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 41

प्रतिक्रिया (०)