Aamsanchar

राप्रपाले कोसी प्रदेशमा गठबन्धनलाई सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

Author Image
मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोसीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

उनले यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे ।

यसअघि मंगलबार नै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिनका लागि सत्तापक्षसँग कुनै प्रकारको सहमति नभएको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)