Aamsanchar

एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल नखेल्ने

Author Image
मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं – एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।

चोटका कारण उनले एसिया कपका सुरुका दुई खेल खेल्न नसक्ने प्रमुख प्रशिक्षक राहुल द्रबिडले जानकारी दिएका छन् ।विकेट किपर ब्याटर केएल राहुलले नियमति प्रशिक्षण गरिरहेको सुधार पनि भइरहेको द्रबिडले बताए ।भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग २ सेप्टेम्बरमा खेल्ने छ भने नेपाल र भारतको खेल ४ सेप्टेम्बरमा श्रीलंकामा नै हुने छ ।केएल राहुलको अनुपस्थितिमा इशान किसनले भारतका लागि विकेट किपिङ गर्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर