Aamsanchar

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि प्रधानमन्त्रीको शुभकामना

Author Image
बुधवार, भदौ १३, २०८०

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।

आज बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गर्नुभएको हो ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताउनु भयो ।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्र्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनु भयो ।

नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर