Aamsanchar

भदौ १५ देखि इटहरीमा मौलिक खाना प्रवर्द्धन र सांस्कृतिक प्रस्तुती हुने

Author Image
बिहिवार, भदौ १४, २०८०

प्रतिकात्मक फायल तस्वीर ।

इटहरी । सुनसरीको इटहरीमा महिला उद्यमशीलता अन्तरगत मौलिक खाना प्रदर्शनी र सांस्कृतिक, सांगीतिक प्रस्तुतीको तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग वाणिज्य संघ इटहरीको महिला समितिले आयोजना गरेको प्रदर्शनीको लागि ७५ वटा स्टलको निर्माण सम्पन्न भएको र व्यवसायीहरूले लगभग स्टल बुकिङ गरिसकेको जनाइएको छ ।
पूर्वी नेपालका विभिन्न जिल्लाका साथै मधेस प्रदेश र काठमाडौबाटसमेत स्टलहरुको सहभागिता रहने संयोजक मीना ढकालले जानकारी दिइन् । ‘यो पटकको प्रदर्शनीलाई केही फरक बनाउने र उपलब्धीमूलक बनाउने हाम्रो प्रयास छ,’ ढकालले भनिन्, ‘त्यसैअनुसार आयोजक समिति र सबै व्यवसायीहरू उत्साहित हुनुहुन्छ ।’

व्यवसायलाई गति दिनको लागि आर्थिक मन्दीका बिचमा पनि प्रदर्शनी गर्न लागेको संघका अध्यक्ष जीवन पराजुलीले बताए । उनले घरेलु उद्योगको विकासबाट मात्रै नेपालको आर्थिक विकास हुने र विश्वव्यापी मन्दीको असर पनि कम गर्ने बताउँदै प्रदर्शनीमा आउन र व्यवसायीहरूलाई प्रोत्साहित गर्न आग्रह गरेका छन् ।

प्रतिकात्मक फायल तस्वीर ।

प्रदर्शनीले उद्यमी महिलाहरूलाई बजारसम्म जोड्ने हुँदा महत्वपूर्ण रहेको कोषाध्यक्ष विजया प्याकुरेलले जानकारी दिइन् । पुर्व भरीका खाद्यान्न, लत्ताकपडा, हस्तकलादेखि अन्य घरायसी सामाग्रीको उत्पादनहरूको प्रदर्शनी रहनुका साथै साँगीतिक, सांस्कृतिक कार्यक्रम र मौलिक खानाहरू समेत प्रदर्शनीको आकर्षणका रुपमा रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विष्णुनारायण डाँगीले जानकारी दिए ।

मेलामा रोजगारको लागि सहयोग गर्ने व्यवसायीको स्टल, स्वास्थ्य उपचारका लागि स्टलसमेत रहनेछन् ।

मेलाको विषयमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

यस्तै मेलाको समापन पछि स्टलमा रहेका सबै व्यवसायीहरूको सानो भिडियो प्रोफाइल र वृत्तचित्र तथा स्मारिकासमेत प्रकाशन गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर