Aamsanchar

नेपालले आज बहराइनसँग खेल्दै

Author Image
शुक्रवार, भदौ १५, २०८०

काठमाण्डाै – नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ ।

पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर