Aamsanchar

पदमार्ग निर्माण पछि इलामको छिन्टापूमा पर्यटक बढ्दै

Author Image
शनिवार, भदौ १६, २०८०

इलाम – इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ ।

विश्वको अग्लो सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमालको दृश्यमा रमाउन सकिने भएकाले पनि छिन्टापुमा पुग्ने पदयात्रीको संख्या बढेको हो ।

संघीय सरकारले छिन्टापू पुग्ने पदमार्ग निर्माण गरेपछि यहाँ पुग्ने पदयात्रीको संख्यामा वृद्धि भएको हो ।

पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माइपोखरीबाट छिन्टापु पदमार्गले जोडिएपछि यहाँ पुग्ने पदयात्रीको संख्या पछिल्ला दिनमा बढ्दै गएको सन्दकपूर गाउपालिका २ का वडाध्यक्ष सनम राईले बताउनुभयो ।

छिन्टापूमा कात्तिक, मंसिरमा हिमाली दृश्यसँगै प्राकृतिक सुन्दरताले पदयात्रीलाई आकर्षित गर्ने गरेको छ । हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फुल र मनमोहक हिमाल देख्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर