



झापा – दक्षिणी झापाको कचनकवल गाउँपालिकाका नाकाबाट ठुलो परिमाणमा सुर्ती र चिनी बरामद भएकाे छ। सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको सशस्त्रको टोलीले आइतबार बिहान साढे ६ बजेको समयमा ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा लिएको हाे ।
गणबाट खटिएका इन्स्पेक्टर भीष्म सापकोटाको नेतृत्वको टोलीले कचनकवल १ स्थित हात्तीपाइला क्षेत्रबाट साइकलमा लोड भएका सो परिमाणका सुर्ती बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा लस्करै हालेर नेपाल भित्राइरहेको अवस्थामा सुर्ती बरामद गरिएको सशस्त्रले जनाएको छ । सशस्त्रलाई देख्न साथ तस्करीहरू साइकल र सुर्ती छाडेर भागेका थिए ।
बरामद गरिएको सुर्ती र साइकललाई १ लाख २८ हजार मुल्याकंन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 62