



काठमाडौं : एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालका लागि आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्।
ओपनर ब्याटरका रुपमा आएका आसिफले ८८ बलमा ५० रन प्रहार गरेका हुन्। उनले ७ चौका प्रहार गरेका छन्। यो उनको दशौं अर्धशतक हो । एकदिवसी अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले यसअघि ९ अर्धशतक र एक शतक प्रहार गरिसकेका छन्।
नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाए। भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ रन बनाउँदा कुशल मल्ल २ रनमा आउट भए। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 16