Aamsanchar

सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्छाैं : बालेन साह

Author Image
मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन साहले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने प्रतिक्रिया दिएका छन्।

नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका साहले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेर सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला बनाउन पहल गर्ने बताएका हुन्।

‘यस्तो मात्रै रंगशाला र केही ठूला खेल हुने हो भने खेल विकास हुन सक्छ’, श्रीलंकाको रंगशालाको उदाहरण दिँदै उनले भनेका छन्, ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ।’

उनले नेपाल र भारतबीच खेल भएको रंगशाला त्रिविको क्रिकेट स्टेडियम जस्तै तर केही सुविधा मात्र बढी भएको टिप्पणी गरेका छन्। त्यतिको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्ने उनको अनुमान छ।

‘खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो’, उनले लेखेका छन्, ‘केही प्याराफिट र अलि बढि सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर