Aamsanchar

झापामा निजामती दिवस सम्पन्न

Author Image
मङ्गलवार, भदौ १९, २०८०

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औँ स्थापना दिवस सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना दिवस मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती  ऐनमा समेटिनु पर्ने सहभागी वक्ताले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थेवेले कर्मचारीहरूको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक अधिकार सुनिश्चिता हुुने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा। जयकुमार ठाकुर, देवीप्रसाद सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर