Aamsanchar

महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा

Author Image
बुधवार, भदौ २०, २०८०

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो ।

तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर