Aamsanchar

झापामा लागूऔषध सहित तिन जना भारतीयहरू पक्राउ

Author Image
बुधवार, भदौ २०, २०८०

झापा । झापाको भद्रपुर नगरपालिका९८ विमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना र काँकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षीया कल्याणी बर्मन, २८ वर्षीया राधा बर्मन र २४ वर्षीय कल्याण बर्मन रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मन ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध सहित काँकडभिट्टाबाट पक्राउ परेका हुन् । लागूऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर