



इलाम – कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले इलाममा महिला उद्यमी मेला सुरु भएको छ ।
इलाम उद्योग वाणिज्य सङ्घ महिला उद्यमी इकाईले आयोजना गरेको मेलामा स्थानीय परिकारका स्टल राखिएको छ । महिला उद्यमीले नै निर्माण गरेका ललिपप, छुर्पी, चिया, किवी जुसलगायत स्थानीय उत्पादनबाट बनेका विभिन्न खाद्य परिकार स्टलमा राखिएका छन् ।
कोरोनापछि इलाममा अपेक्षाकृत रूपमा पर्यटन व्यवसाय सुधार हुन नसक्दा यहाँका उद्यमी प्रत्यक्ष मारमा छन् । इलाम घुम्न आउनेहरूले कोसेलीको रूपमा यहाँ उत्पादित सामाग्री लाने हुँदा आन्तरिक रोजगारी समेत बढेको थियो ।

हिजो सुरु भएको दुई दिने मेला आजसम्म चल्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 68