Aamsanchar

ताप्लेजुङमा प्रहरीले गर्याे हवाई फायर

Author Image
शुक्रवार, भदौ २२, २०८०

ताप्लेजुङ – ताप्लेजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले गरेकाे प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूको निलम्बनको माग गर्दै तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकामभित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै तरुण दल आन्दोलित भएको हो । उनीहरूले हिजो बिहीवार राति प्रहरीले सांसदको निवासमा आक्रमण गरेको समेत आरोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर