Aamsanchar

राेहित शर्माले पुरा गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन

Author Image
मङ्गलवार, भदौ २६, २०८०

काठमाण्डाै – भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् ।

एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा राेहित शर्माले १० हजार रन पूरा गरेका हुन् । श्रीलङ्काका कसुन रजिथाकाे बलमा छक्का प्रहार गर्दै उनले याे उपलब्धि हासिल गरेका हुन् ।

राेहित एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छैटाैँ भारतीय खेलाडी बनेका छन् । यसअघि सचिन तेन्दुलकर (१८४२६), विराट काेहली (१३०२४), साैरभ गाङ्गुली (११३६३), राहुल द्रभिड (१०८८९) र महेन्द्रसिंह धाेनी (१०७७३) ले एकदिवसीय क्रिकेटमा १० हजार रन पूरा गरेका थिए ।

यस्तै राेहित एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटाे १० हजार रन पूरा गर्ने दाेस्राे खेलाडी भएका छन् । उनले २ सय ४१ पारीमा याे उपलब्धि हासिल गरेका छन् । राेहितभन्दा अघि भारतकै अर्का क्रिकेटर विराट काेहली छन् । उनले २ सय ५ पारीमा १० हजार रन पूरा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर