Aamsanchar

झापाको छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

Author Image
आइतवार, भदौ ३१, २०८०

झापा- झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे बिशेष सुचनाको आधारमा खटिएको लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्क स्थितमा रहेको होटलबाट देश भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने २१ बर्षीय लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी मियालाई नियन्त्रणमा लिएको थियो ।
यसैगरी गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईका २८ बर्षीय आषिश राई सुत्ने कोठाको खानतलाशी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको २ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी राईलाई नियन्त्रणमा लिएको थियो । मियाको ईलाका प्रहरी कार्यालय अनारमनी र राईको ईलाका प्रहरी कार्यालय धुलाबारीबाट आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर