Aamsanchar

सन्थालहरूले किन बिस खेला कार्यक्रम गर्दछन ?

Author Image
सोमवार, असोज १, २०८०

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित डाब्हा टुला (सन्थाल बस्ती) मा पछिल्लो एक दशक पछि केड्हा मेला अर्थात बिस खेला कार्यक्रम आयोजना भयो । त्यसैगरी जिल्लाका विभिन्न ठाउँहरुमा सन्थालहरुले बिस खेला कार्यक्रम आयोजना गरेका छन् ।
बिस खेला सन्थालहरुको मौलिक संस्कृति पनि हो । तर पछिल्लो एक दशक देखि यस्ता मौलिक संस्कृति र खेलहरु लगभग बन्दकै अवस्थामा रहेको थियो । कोरोना काल देखि त झन ठप्प नै भयो यस्तो गतिविधीहरु ।

विशेषगरि झापा, मोरङ र सुनसरीमा मात्र बसोवास गर्दै आएका सन्थाल जनसमुदायहरूले हिन्दु संस्कृति परम्परा अन्तरगत यो खेला देखाउने गर्दछन् ।

बिस खेला विशेष गरेर शिव पार्वती र मनसादेवीको पूजा आराधनामा आधारित रहेको छ । अघिल्लो रात जाग्राम बसेर भोलि पल्ट सार्वजनिक रुपमा बिस खेलालाई प्रतियोगिताको रुपमा प्रस्तुत गरिन्छ ।
यस खेलाको मुख्य उद्देश्य भने तान्त्रिक गुरुहरूले आफ्नो चेलाहरूलाई मन्त्र सिकाउने वा परम्परा हस्तान्तरण गर्ने हो ।

यस अवसरमा खुला क्षेत्रमा बिचमा कोलाको थम्मा गाडेर पूजा गरिएको हुन्छ । सो स्थानमा खनेर चारकुने घेरा बाँधिएको हुन्छ । नजिकै शिव पार्वतीको थान बनाइएको हुन्छ । उक्त ठाउँमा मूल गुरु ढेना मुर्मुले दुईजनालाई मन्त्रद्वारा हातमा असर देखिने गरि बिस सारिदिए पछि उक्त घेरा भित्र गुरुबाट प्राप्त मन्त्र उच्चारण गर्दै हातले जमिनमा केही खोजे जस्तै गरेर बिस खेलाउन थालिन्छ । घेरा बाहिर भने पूजाको थान स्थापना गरेर समूह समूहमा मन्त्र जप गरेर घेरा भित्र बिस खेलाउनेहरुलाई आफ्नो समूहमा आर्किशित गर्न विभिन्न गानाबजाना र कपडा हल्लाएर बसेका हुन्छन ।

विष खेलाउनेहरु जुन समूहले स्थापना गरेको थानमा पुग्छन् त्यही समुहलाई विजयी घोषणा गरिन्छ । यसको अर्थ हो त्यो समूहमा रहेका शिष्यहरू तान्त्रिक विधिमा बढी निपुर्ण रहेको पुष्टि हुन्छ ।
पछिल्लो समयमा हराउँदै गएको यो परम्परालाई पुन स्थापित गर्न यो मेला आयोजना गरिएको कार्यक्रमका संयोजक किशन मुर्मुले बताए ।
धार्मिक मान्यता अनुसार यस विष खेलालाई मनसादेवीको साथमा रहेको सर्प सँग पनि जोडिएको पाइएको छ । सर्पको विष छ या छैन भनेर अनुसन्धान गरिने विधिको रुपमा पनि लिइने गरेको सन्थाल समूहका अगुवा लखिराम किस्कुले बताए ।

मनसा देविको भाकल गर्ने ले विष खेला आयोजना गर्दैपर्ने धार्मिक मान्यता रहेको छ । खर्चिलो र कठिन विधि भएकाले समाजमा अत्यन्तै कमले मात्र मनसादेवीको भाकल गर्ने गरेको जानकारहरू बताउँछन ।
तराइका तिन जिल्लामा रहेका सन्थालहरूको मौलिक रहनसहन, भाषा र परम्परागत मान्यताहरू धेरै तान्त्रिक विधिको आधारमा रहेको पाइन्छ । आदिवासीजनजाति अन्तरगत पर्ने सन्थाल जाती नेपालको ऐतिहासिक परम्परा र संस्कृतिको लागि एक अनुपम भण्डार हो भन्दा खासै फरक पर्दैन ।

भिडियो समाचार ।

शनिवार बिस खेला कार्यक्रममा सन्थालीहरुमात्र होइन अन्य जातीका मानिसहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका अर्जुनधारा ५ का वडाध्यक्ष हरि खड्काले आफूले जीवनमै पहिलो पटक यस्तो खेला देखेको र यो खेला धार्मिक र सामाजिक दृष्टिकोणले राम्रो लागेको र आगामी दिनहरूमा सन्थाल समुदायबाट हुने सांस्कृतिक कार्यक्रम आयोजना गर्न वडा अन्तरगत बजेट उपलब्ध गराउने आश्वासन दिए ।

भूमिपुत्र सन्थालहरूको पहिचान भनेको प्रकृति पूजक पनि हो । यिनै सन्थालहरुले तराईका जिल्लाहरूमा रहेको विविध कला संस्कृति र मौलिकताको एक दर्बिलो हिस्सा ओगटेको छ । जबसम्म सन्थालहरूको बाजागाजा गाउँघरमा बज्न थाल्छन् तब मात्र दशैँ आएको अनुभूति हुने पुरानो परम्परा पनि हराउँदै गएको छ । यस मौलिक परम्पराको संरक्षण गर्नतर्फ पनि सन्थाली युवापुस्ता लाग्न जरुरी छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज चौठचन्द्र पर्व मनाइँदै
सोमवार, असोज १, २०८०
को हुन विश्वकर्मा बाबा ?
आइतवार, भदौ ३१, २०८०
तीजको नाम कसरी रहन गयो ?
आइतवार, भदौ ३१, २०८०