Aamsanchar

दाँत माझ्ने ब्रशलाई बाथरुममा राख्नु कत्तिको सुरक्षित ?

Author Image
शनिवार, असोज ६, २०८०

प्रायः मानिस आफ्नो दाँत माझ्ने ब्रशलाई बाथरुममा नै राख्छन् । प्रायः बाथरुममा टुथब्रस होल्डर नै राखिएको हुन्छ, जहाँ परिवारका सबै सदस्यको टूथब्रस र पेस्ट राखिन्छ ।

तर के बाथरुममा टुथब्रस राख्नु स्वास्थ्यको हिसाबले सहि हुन्छ त ?

हामी आफ्नो बाथरुम त सफा राख्छौँ । दिशा, पिसाव गरेपछि फ्लस पनि गर्छौँ, तर ट्वाइलेटलाई फ्लस गरिएता पनि मलका केहि कण सधैँ बाथरुमको सहतमा रहिरहेको हुन्छ ।

यहि कारणले बिर्को नलगाई फ्लस गरिँदा पानीका केहि थोपा बाहिर निस्कन्छ, जसले मलबाट निस्किएका ब्याक्टेरिया बाहिर जमिनमा आउँछ । पानी सुकेपछि ब्याक्टेरिया उडेर टूथब्रससहित विभिन्न स्थानमा जम्मा हुन्छ ।

यस्तो स्थितिमा जब ब्रस नधोइ पेस्ट राखेर त्यसको प्रयोग गर्छौँ, तब ब्याक्टेरिया हाम्रो मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।

स्वास्थ्य विशेषज्ञका अुनसार सम्भव भएसम्म बाथरुममा टूथब्रस राख्नु हुँदैन ।

जुन घरमा परिवारका सबै सदस्यले एउटै बाथरुम प्रयोग हुन्छ, त्यस्तो बाथरुममा क्रस कन्ट्यामिनेसनको सम्भावना बढी हुन्छ । त्यस्तो स्थितिमा हामीले हाम्रो टूथब्रस एकै ठाउँमा राख्नु खतरनाक हुन्छ ।

कति दिनमा परिवर्तन गर्ने टुथब्रस ?

दन्त विशेषज्ञहरुका अनुसार जब हामी ब्रस गर्छौँ, तब ब्रस गर्नु अगाडि त्यसलाई सफा पानीले धुनु पर्छ । यसो गर्दा ब्रसमा जमेका ब्याक्टेरिया हट्छ । ब्रस गरेपछि त्यसमा कभर लगाउनु पर्छ । अहिले सबै राम्रा ब्रससंग कभर पनि आउँछ । करिव तीन महिनापछि ब्रशको दाँत अर्थात ब्रिसल्स खिइन्छ । त्यसैले तीन महिना पछि ब्रस परिवर्तन गर्नु उपयुक्त हुन्छ । खिएको ब्रसले दाँत सफा गर्दा गिजामा घाउ हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर