Aamsanchar

सिम्रन र राजनको स्वरमा ‘पारी ठुली भिर’ सार्वजनिक

Author Image
शनिवार, असोज ६, २०८०

काठमाडौंलोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’ सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सँगै सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सञ्जय राईको छायांकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ। मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसैँ गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर