Aamsanchar

४० रुपैयाँमा झर्याे गोलभेँडाको मूल्य

Author Image
आइतवार, असोज ७, २०८०

काठमाडौँ – निरन्तर मूल्य बढेर थोक मूल्य प्रतिकिलो १०० रुपैयाँभन्दा माथि पुगेको गोलभेँडाको मूल्य ४० रुपैयाँमा झरेको छ । कालिमाटी फलफुल तथा तकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम रहेको जनाएको हो ।समितिका अनुसार सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ४७, टनेल गोलभेँडाको ५५ रुपैयाँ र सानो भारतीय गोलभेडाको मूल्य ३५ रुपैयाँ छ । यस्तै, मुडेको आलु ५१ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ६६ रुपैयाँ तोकिएको छ ।

यस्तै, बन्दा ६५ रुपैयाँ, काउली ८५ रुपैयाँ, सेतो मुला ७५ रुपैयाँ र लाम्चो भन्टा १५ रुपैयाँ छ । यसबाहेक बोडीको थोक मूल्य ५५ रुपैयाँ हुँदा घिउ सिमि ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तिते करेला ५५, लौका ४५ रुपैयाँ, परवर ४५ रुपैयाँ छ ।

रायो सागको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ हुँदा तोरीको सागको मूल्य प्रतिकिलो २५ रुपैयाँ राखिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर