Aamsanchar

देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये इलाम चौंथो

Author Image
बुधवार, असोज १७, २०८०

इलाम – जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालयमध्ये चौंथो भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो ।गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । उक्त सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो ।

गएको ०७९ माघ १५ गते बाट नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल आएपछि इलामका नागरिकले बिना झन्झट सहज रुपमा सेवा पाउने गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर