Aamsanchar

सिक्किम बाढीमा बेपत्ता पर्ने मध्ये ५ जना इलामेलीको पहिचान

Author Image
मङ्गलवार, असोज २३, २०८०

इलाम । भारत सिक्किममा बेपत्ता भएका इलामेलीको खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएका मध्ये पाँच जनाको मात्रै पहिचान भएकोले खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् ।

प्रजिअ पोखरेलको भनाई अनुसार ४० वर्षीय सेनबहादुर कार्की, ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, ९ वर्षीया खुसी बस्नेत र २८ वर्षीय कुमार खड्का छन् । उनीहरु सबै इलाम ९ गोलाखर्कका हुन् ।
एकै गाउँका उनीहरु केही समयअघि उत्तरी सिक्किमको लाचेन भन्ने ठाउँमा निर्माण श्रमिकका रुपमा गएका थिए । विभिन्न सामाजिक सञ्जालमा १० जना बेपत्ता भन्ने कुरा छ भनेर पोखरेललाई प्रश्न गर्दा उनले भने ‘१० जना बेपत्ता भएको भन्ने हल्लामात्रै हो । ५ जना हराएको जानकारी प्राप्त छ । त्यसमध्ये दुई जनाका परिवारमात्रै सम्पर्कमा आएका छन् ।’

प्रजिअ पोखरेलले नेपाली नागरिक खोजीका लागि भारतीय सीमा सुरक्षा बलमार्फत सिक्किम सरकारलाई नामावलीसहित पत्राचार भएको र एसएसबीले उद्धार गर्ने आश्वासन दिएको प्रजिअ पोखरेलले बताए ।
एक साताअघि हिमताल विस्फोटका कारण सिक्किममा ठूलो बाढी गएको थियो ।

असोज १७ गते बिहान साढे १ बजेतिर उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि टिष्टामा आएको बाढीका कारण ५५ जनाको मृत्यु हुनुका साथै भारतीय सैनिकसहित १ सय ४१ जना बेपत्ता छन् । बाढीका कारण अर्बौं रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर