Aamsanchar

दशैँको मुखमा वीरता लेडी जेसीजको सानो सहयोगले रोगले थलिएका रोशन दर्जीको परिवारमा खुसियाली ल्याई दियो  

Author Image
शुक्रवार, असोज २६, २०८०

लक्ष्मीपुर । वीरता लेडी जेसीजका केही पदाधिकारीहरूले दशैंको मुखमा एक परिवारमा खुसियाली ल्याई दिएका छन् ।
मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो  भन्ने मूलमन्त्र अंगीकार गरेर व्यक्तित्व, नेतृत्व विकास सँगै सामाजिक दायित्व बोध गर्दै आएका जेसीज अभियन्ताहरूले कनकाई नगरपालिका–८ लक्ष्मीपुर निवासी अति विपन्न त्यसमा पनि शक्त बिरामी भएका  रोशन दर्जी (दमाई) लाई खाद्यान्न सहयोग गरेपछि दर्जी परिवारमा थोरै भएपनि खुसियाली छाएको छ ।

नेपालीहरूको महान चार्ड नजिकिएको छ । गाउँघरमा नयाँ लुगा र मिठो खाने सल्लाह र चर्चा चल्दैछ । तर यसै समाजमा रहेको रोशन दर्जीको परिवार बिहान बेलुका खान नपाउने अवस्थामा पुगेको छ । विगत १० महिना देखि बाथ रोगले थलिए पछि परिवारको गुजरा चलाउने सामर्थ राख्ने रोशन यतिबेला रोगका कारण ओछ्यानमा सकसपूर्ण जीवन बिताउदै आएका छन । रोशन दर्जीको र उनको परिवारको दर्दनाक अवस्था थाहा पाएपछि केही साथीहरुबाट संकलित रकमबाट खाद्यन्न र एकसरो लुुगा र नगद ५ हजार सहयोग गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले आमसंचारलाई बताइन ।

जेसीजकर्मीहरुले एक बोरा आटा, एक बोरा चामल, तेल, चिनी, मटर, दाललगायत दैनक उपभोग्य बस्तुहरू दर्जी परिवारलाई सहयोग स्वरुप प्रदान गरेको वीरता लेडी जेसीजकी महासचिव निशा शाक्यले जानकारी दिइन ।

आज पीडित रोशन दर्जीको घरमै पुगेर जेसीजकर्मीहरु कार्यकारिणी उपाध्यक्ष मेनुका ओली, कोषाध्यक्ष सुमित्रा भट्टराई, सदस्यहरू तारा बस्नेत निरौला, विनम बस्नेत, पूजा काफ्लेलयागतको उपस्थितमा खाद्यान्न सहयोग गरिएको थियो ।

खाद्यान्न वितरण कार्यक्रममा रोशन दर्जी बचाउन अभियानका संयोजक, कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालले वीरता लेडी जेसीज परिवारलाई धन्यवाद दिएका थिए । कटुवालले रोशन दर्जीको उपचारका लागि आर्थिक सहयोग संकलन कार्यमा वीरता लेडी जेसीज परिवारलाई सहजीकरण भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । संयोजकको आग्रहलाई स्वीकार गर्दै वीरता लेडी जेसीजले रोशनको उपचारमा सहयोग रकम उठाउन सहयोग गर्ने जेसीज अध्यक्ष गिरीले प्रतिवद्धता जनाएकी छन् ।

रोशन दर्जीको अवस्था बारे आमसंचार डटकमले समाचार बाहिर ल्याएको थियो । समाचार बाहिरिए पछि रोशनको उपचारका लागि आर्थिक सहयोग जुटाउन रोशन दर्जी बचाउ समिति गठन भएको छ । यसका साथै रोशन र उनको परिवारलाई साथ दिन सामाजिक संघ संस्थाहरू र व्यक्तिहरू रोशनको अवस्था बुझ्नको लागि रोशनको घरमा पुग्न थालेको संयोजक कटवालले बताए ।

रोशन लाई सहयोग गर्न चाहने व्यक्तिहरूले निम्न बैंक मार्फत आर्थिक सहयोग गर्न सकिने छ ।

रोशन दर्जीको उपचारर्थ आर्थिक सहयोग समितिले प्राइम कमर्सियल बैंकमा ‘रोशन दमाइ बचाउ अभियान समिति’ नाम उल्लेख भएको बैंक खाता  ।

खाता बाहकको नाम – Roshan Damai Bachau Abhiyan Samiti
खाता नम्बर – 10601000000026200132
यो पनि पढनुहोस ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर