Aamsanchar

जाने होइन त ट्रेकिङ ! ट्रेकिङ जादा ध्यानदिनु पर्ने मुख्य कुराहरू

Author Image
मङ्गलवार, असोज ३०, २०८०

आम रुपमा ट्रेकिङ सिजन अंग्रेजी महिनाको अक्टोबर-नोभेम्बर , मार्च , अप्रिल भए पनि नेपालीहरूको मन पर्ने समय दशैँ  तिहारको बिदा हुने गर्छ ,शहरी दैनिकी बाट विरक्त भएका एवम् साहसी कार्य मनपराउने हरूले ट्रेकिङ रोजने गर्छन, त्यसो त नेपाल पदयात्राको लागि संसारमै पहिलो रोजाईमा पर्ने गर्छ ।  विगतका दिनमा विदेशीमा मात्र लोकप्रिय रहेको पदयात्रा अहिले नेपालीहरू माझ पनि चर्चित हुँदै गएको छ ।

नेपालका मुख्य ट्रेकिङ लोकेशनहरु :

मर्दी हिमाल बेसक्याम्प ट्रेक (४५००मि)  , शेयफोकशूनडो ताल  ट्रेक (३५८९ मि) , पाँच पोखरी ट्रेक (४१०० मि) , तिलिचो ताल ट्रेक (४९४९ मि) , थोरुंग पास ट्रेक (५४१६ मि) , जसलाई संयुक्त रुपमा गर्दा अन्नपूर्ण सर्किट पनि भनिन्छ , अन्नपूर्ण बेसक्याम्प ट्रेक (४१३० मि) , गोक्यो लेक ट्रेक (४७५० मि) ,  मेसोकन्तो पास (५३४० मि)  एभरेस्ट बेसक्याम्प ट्रेक (५३६४ मि) या एभरेस्ट सर्किट ट्रेक, मनास्लु हिमाल बेसक्याम्प ट्रेक (४८०० मि), अपि हिमाल बेसक्याम्प ट्रेक (४१०० मि) , कञ्चनजंगा हिमाल बेसक्याम्प ट्रेक (५१४३मि)  लांगतांग सर्किट (३८०० मि)  ट्रेक, नार  फु (५३२० मि) , कोरी (३८०० मि) , पिके पीक (४०६५ मि) , लगायतका ट्रेक चर्चित रहेका छन् ।  

जसमध्ये मर्दी हिमाल बेसक्याम्प ट्रेक, शेयफोकशूनडो ताल ट्रेक, पाँच पोखरी ट्रेक, तिलिचो ताल ट्रेक, अन्नपूर्ण बेसक्याम्प ट्रेक ,कोरी, पिके पीक,  जस्ता पदयात्रा प्रथम पल्ट या सामान्य अनुभवीको उचित हुने गरेको छ, भने मनास्लु हिमाल बेसक्याम्प ट्रेक र अपि हिमाल बेसक्याम्प ट्रेक, मेसोकन्तो पास ,कञ्चनजंगा हिमाल बेसक्याम्प ट्रेक, एभरेस्ट बेसक्याम्प ट्रेक लगायत माथि उल्लेखित ट्रेक अनुभवी एवम् हाई फिटनेस भएकाको रुचाइमा पर्ने गर्छन ।

ट्रेकिङ जादा ध्यानदिनु पर्ने मुख्य कुराहरू

 १, ट्रेकिङ एक्सेसोरिएस्स्

  ट्रेकिङ एक्सेसोरिएस् भनेको पदयात्राको बेला प्रयोग हुने समान जस्तै लुगा , जुत्ता, ब्याग , लट्ठी , चस्मा , मोजा आदि पर्ने गर्छन । सर्वप्रथम हामी यहाँ पदयात्रामा कस्तो लुगा लाने बारे चर्चा गर्ने छौ ।  पदयात्राको क्रममा हिमाली क्षेत्रमा दिउसो घाम , लाग्ने गर्छ र उकालो ओरालो हिँडेको बेला पसिना पनि आउने गर्छ , भने केही बेरमा हुस्से लग्न सक्छ ,जसको कारण धेरैजसोले पसिना आउँदा न्यानो लुगा खोल्ने र चिसोमा लाउने गरेको हुन्छन जुन स्वस्थको लागि उचित होइन ।  पदयात्रा गर्दा मौसम हेरेर लेयरमा लुगा लाउनु पर्ने हुन्छ , सबै भन्दा तल , पसिना सोस्ने , Dry fit  , अनि न्यानो राख्ने ,थर्मल,  हावा रोक्ने ज्याकेट, डाउन ज्याकेटको प्रयोग गर्नु पर्ने हुन्छ, यदि उच्च हिमाली क्षेत्रमा जानु हुँदै छ  भने १० तापमान सम्म प्रयोग हुने फेदार ज्याकेटको प्रयोग गर्नु पर्ने हुन्छ ।  त्यसै गरि तल पट्टिको भाग , सजिलो हुने , ट्रेकिङ ट्राउजर, डाउन पेन्ट, थर्मल हरू उपयोगी हुन्छन।  हात न्यानो राख्ने , पानी न पस्ने , हिउँ  मा फ्रोस्टबयिट बाट सुरक्षित राख्ने , गुणस्तरका पन्जा र इन्नर र मोजाको छनोट पनि अत्यन्त महत्वपूर्ण हो । 

ट्रेकिङ जादा सबै भन्दा महत्वपूर्ण कुरा भनेको जुत्ताको छनोट  हो ।  जुत्ताको छनोट गर्दा त्यसको सोले हेर्नु पर्ने हुन्छ।  सोलमा पर्याप्त ग्रिप भएको जुत्ता लिनु पर्ने हुन्छ साथै सोल धेरै नरम वा कडा पनि हुनु हुदैन र जुत्ताको साइज र प्रकार छनोट गर्दा खुट्टाको बुडी औले खेल्ने पर्याप्त ठाउँ हुनु पर्छ,  किनकि हिँडेको बेला अथवा चिसो मौसमका कारण खुट्टा सुनिन सक्छन् ।  साथै जुत्ताको माथि पट्टीको लम्बाइ ऐनकल सम्म हुनुपर्छ जसले ऐनकल मा हिँडेको बेला स्पोर्ट गर्ने गर्छ । पदयात्राको क्रममा हिलो, खोला र  हिउँ मा हिँड्नु पर्ने भएको हुनाले जुत्ता वाटर प्रुफ हुनु पर्छ । अहिले स्वदेशी ब्रान्डका जुत्ता नेपाली रुपैयाँ  ३०००-५००० सम्म पाइने जुत्ता देखि विदेशी ब्रान्डका महङ्गो ४०,००० रुपैयाँ सम्म पर्ने जान्छ । सके सम्म एक जोर ट्रेकिङ चप्पल पनि बोक्नु होला र हिमपात हुने क्षेत्र जाँदैहुनुहुन्छ भने , क्रेम्पोंन, वाटर प्रुफ ज्याकेट, र रैनकोटछुटाउनुहोला  ।  

हावाको बेगबाट बच्नको  लागि नेक ब्याण्ड , बरक्लावा को प्रयोग र कान छोप्ने साधन प्रयोग गर्नुपर्छ । उचाई संगै सूर्यको बिकिरण धेरै हुनेगरेकोले छालाको सुरक्षाका लागि टोपी ,हयाट ,चस्मा , spf-50 सम्मको सांसक्रिम, लिप बाम उपयोगी हुन्छन भने चिसो हावाले गर्दा छाला चर्किने , फुट्ने बाट जोगाउन लोसनको प्रयोग गर्नु उपयोगी हुन्छ ।

जुत्ता पछि अर्को अति महत्वपूर्ण छनोट भनेको ट्रेकिङ पोल र ब्यागको हुनुपर्छ , ट्रेकिङ पोल लचिलो साथै बलियो हुनु पर्छ , किनकि उकालो ओरालो गर्दा यसले तपाइको शरीरलाई सहारा दिने गर्छ र शरीरको भार बहन गर्ने गर्छ । बजारमा ४०० देखि १२००० सम्मका ट्रेकिङ पोल उपलब्ध छन् , भने ब्यागको चयन गर्दा, चौडा फित्ता , ब्याक सपोर्ट, वाटर प्रुफ या रैन गार्ड भएको हुनु पर्छ, भने , ब्यागको आकार पदयात्रा कति दिनको हो अथवा तपाइको सामान माथि निर्भर हुने गर्छ सामान्यत ५-७ दिनको पदयात्राको लागि ४५ लिटरको र त्यो भन्दा माथिको लागि ६० लिटरको ब्याग प्रयोग गर्ने गरिन्छ ।  सबै बाहेक, पानीको बोतल , थर्मस हेड लायाम्प, पावर बैंक , नी सपोर्ट (घुँडामा लाउने ब्याण्ड ) बोक्नु पर्छ साथै चिसोले गर्दा  क्यामेरा , मोबाइल फोन , टोर्च लाईट जस्ता उपकरणको बैटरि छिटो सकिने हुनाले सके सम्म उपकरण लाई  इन्सुलेसन पाऊँच या न्यानो लुगामा वा भित्री खल्तीमा राख्दा अथवा बैटरि निकालेर राख्दा अलिक लामो प्रयोग गर्न मिल्छ , अधिकांश ट्रेकिङ  साईटमा बिजुलीको पहुँच न भएको वा चार्ज गर्दा अतिरिक्त शुल्क लाग्ने गरेकोले  त्यस्ता स्थानमा सोलार पावर बैंक उपयोगी हुन्छन जसलाई घामबाट चार्ज गरि प्रयोग गर्न सकिन्छ । समान बोक्दाआवश्यकता अनुरूपमा आवश्यक समान मात्र बोक्नु होला ।  किनकि ब्याग जति हलुका हुन्छ हिड्ने त्यतिनै सजिलो हुनेछ ।

२, स्वास्थ र हिड्ने तरिका :

यदि तपाइ उच्च रक्तचाप , मधुमेह , आस्थामा , जस्ता रोग बाट ग्रसित भने आफ्नो चिकित्सक सँग जानु अघि अनिवार्य परामर्श सल्लाह गर्नु होला, आफ्नो नियमित औषधी बोक्नु होला  त्यस सँगै , चोटपटकमा लगाउने  र सामान्य अवस्थामा प्रयोग हुने तथा हाई अल्टिच्युड सिक्नेस ( लेक लाग्दा प्रयोग हुने ) डाइमोकस ( Daimox)  जस्ता औषधी अनिवार्य बोक्नु होला ।

औषाधी चिकित्सकसँग परामर्श पछि मात्र प्रयोग गर्नु होला :

पदयात्रा भनेको साहसी खेल हो जहाँ पदयात्रीको मन – मस्तिष्क र शरीरको तालमेल बलियो हुनु पर्छ ।  सर्वप्रथम आफ्नो शारीरिक योग्यताको पहिचान गरि स्वस्थमा जोखिम नहुने पदयात्राको छनोट गर्नुहोला ।  हिड्ने क्रममा नाक बाट स्वास तान्ने र मुख बाट फ्याल्ने गर्नु येसो गर्दा  सास फेर्न सजिलो हुन्छ ।  हिड्ने क्रममा थकान लाग्दा बस्नु भन्दा बेस ओरालो तिर फर्की  ट्रेकिङ पोलमा  चिउँडो राखी उभिएकै अवस्थामा आराम गर्नु हो ।  पदयात्रा गर्दा उज्यालो , चम्किलो लुगा प्रयोग गर्नु पर्छ तथा हिड्ने क्रममा एक समानको गतिमा छोटो छल चल्नु पर्छ ।  पदयात्राको क्रममा शरीरबाट पसिनाको रुपमा निकै तरल बग्ने गरेको हुनाले , खानामा सुप र दैनिक  ४ लिटर पानीको  ,सेवन गर्पनुर्छ पानीमा जीवनजलको प्रयोगले  शरीरमा उर्जा वृद्धि गर्न मद्दत गर्छ ।  उच्च हिमाली भेगमा कोका कोला जस्ता पेय पदार्थ पनि उपयोगी हुन्छन,

 ३, लेक (हाई अल्टिच्युड सिक्नेस) लाग्दा के गर्ने :

टाउको दुख्नु , स्वास प्रसवमा अप्ठ्यारो हुनु, खानेकुरा न रुच्नु, बान्ता हुनु हाई अल्टिच्युड सिक्नेस का मुख्य लक्षण हुन् ।  लेक लग्न साथ सबै भन्दा पहिला भएको ठाउँ बाट ५० -१०० मिटर ओरालो झर्नु पर्ने हुन्छ र शरीर लाई न्यानो बनाई, तातो तरल पदार्थको सेवन उपयोगी हुन्छ र समस्या जटिल भएमा चिकित्सक सेवा वा रेस्क्यु गर्नु पर्ने हुन्छ ।

४, पदयात्रामा गर्नु न हुने कुराहरू :

पदयात्राको भौगोलिक बनावट हाम्रो दैनिक जीवन भन्दा फरक हुने गर्छ र हाम्रो शरीर त्यसको आदि हुदैन र उच्च  प्रतिकुल मौसम को कारणले हाम्रो शरीर फरक अवस्थामा रहेको हुनाले सकेसम्म धूम्रपान, मदिरापन जस्ता कार्य गर्नु हुदैन ।  पदयात्रा गर्दा पुन प्रयोग गर्न मिल्ने सामानको प्रयोग गर्ने तथा हिड्ने क्रममा, प्लास्टिक जन्य बस्तु। खोल , बोतलहरू जथाभावी फ्याल्नु हुदैन । अधिकतम पदयात्रा स्थल संरक्षित क्षेत्र अथवा निकुन्ज हरू भएको हुनाले , ठुलो स्वरमा कराउने , स्पिकरमा चर्को आवाजमा गीत बजाउने ,बन्यजन्तु लाई ढुंगा हान्ने , छेउमा गएर तस्बिर लिन खोज्ने । डाँडाको छेउमा या टुप्पोमा सेल्फी लिने , बन-बनस्पस्ती लाई मास्ने नचिनेका जंगली फलफूलको सेवन, पदयात्रामा निकै जोखिम हुने गरेकोले निर्धारित ट्रक बाट मात्र हिड्ने पर्छ । छोटो बाटोमा भीर बाट सर्टकर्ट खोजी हिड्ने , हिमाली खोलामा नुहाउने, गर्ने जस्ता कार्य निकै जोखिम पूर्ण हुनसक्छ ।

अन्तत पदयात्राले हाम्रो आन्तरिक पर्यटन तथा स्वस्थमा सहयोग पुर्याउने हुनाले आफ्नो समय र शरीरका योग्यता अनुसार पदयात्रा गर्नुपर्छ , साथै यस प्राकृतिक स्रोतको को उपयोग र उचित संरक्षण गर्ने उत्तरदायित्व पनी हामीले बहन गर्नुपर्ने हुन्छ । ।

लेखक शरद जोशी , हाई अल्टिच्युड ट्रेकर तथा हिमाल आरोही हुन् ।     चस्वीरहरु पनि शरद जोशीले नै खिचेका हुन् । उनि आमसंचार डटकमका फोटोपत्रकार पनि हुन् ।           

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर