Aamsanchar

भैंसीसँग मोटरसाइकल ठोकिँदा श्रीमान् काे मृत्यु, श्रीमती घाइते

Author Image
बुधवार, कार्तिक ८, २०८०

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका-४ हरपुर टोलमा सडकमा छाडा छोडिएको भैंसीसँग मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका-५ का धनेस महतो रहेका छन्। हरपुर टोलमा मंगलबार महतो र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय मोटरसाइकल सडकमा छाडा छोडिएको भैंसीसँग ठोकिँदा दुवै जना गम्भीर घाइते भएका थिए।

घाइते दुवैजनालाई स्थानीयले उद्धार गरी वीरगन्जको नारायणी अस्पतालमा ल्याएर भर्ना गरेका थिए। त्यहाँबाट महतोलाई बाराको नौतनस्थित एसएल न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर