Aamsanchar

प्रकाश सपूत अभिनीत परदेशी २’ को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक

Author Image
बुधवार, कार्तिक १५, २०८०

प्रदर्शनरत फिल्म ‘परदेशी २’ को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ।

बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्तिश्री परियार र दीपा स्वाङको स्वर छ। लालगोपाल सुवेदी र नारायण रायमाझीको शब्द रहेको गीतमा नारायण रायमाझीले संगीत भरेका छन्।

परिच्छेद सेनले कोरियोग्राफी गरेको गीतमा केकी अधिकारी, प्रकाश सपूत, देवेन्द्र बब्लुलगायत फिचर्ड छन्।

नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला र देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

फिल्ममा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ। फिल्मका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन्।

यो फिल्म असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। साभार: सेतोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर