Aamsanchar

यूएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

काठमाण्डौ – यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो ।

यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)