Aamsanchar

बढ्यो सुनचाँदीको कारोबार, कति छ आज मुल्य ?

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

काठमाण्डौ – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ ।

हिजो र अस्ति दैनिक २५ किलोको हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार हुने अनुमान छ ।

२०७२ सालको भूकम्पअघि तिहारका बेला दैनिक ५० किलोको हाराहारीमा सुनको कारोबार हुने गरेको थियो । त्यसपछि भने भूकम्प, कोरोनालगायतका कारण आर्थिक मन्दी हुँदा कारोबार घट्दै गएको छ ।

यस्तै, तिहारमा चाँदीको कारोबार पनि बढेको छ । अहिले दैनिक एक हजार किलो चाँदीको कारोबार भइरहेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । यसअघि चाँदी दैनिक दुई तीन सय किलोको हाराहारीमा कारोबार हुने गरेको थियो । तिहारमा सुनचाँदी किन्दा शुभ हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सुनचाँदीसँगै तिहारमा पित्तलका सामान, कुचो, टाङ्लो, माटोले बनेका भाँडालगायतको पनि कारोबार बढी हुन्छ ।

यसैबीच, आज सुन चाँदीको भाउ बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर