




रोल्पा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन्। उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ। सो अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना र रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गरिने जानकारी दिए।
प्रधानमन्त्री दाहालले आज नै थवाङमा आयोजित गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै फुट र विभाजनका कारण माओवादी शक्ति केही कमजोर भएको जनाउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए।
उनले भने , “माओवादी धारको एकीकरण यथाशीघ्र हुन्छ । पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग निकटता रहेकाले यसले यथाशीघ्र मूर्तरुप लिन्छ।”
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 36