![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231110_221645842.jpg)
काठमाडौँ – फिल्म ‘पशुपति प्रसाद’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
शुक्रवार ‘पशुपति प्रसाद २-भष्मे डन’ फिल्म चौथो हप्तामा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
फिल्मका निर्माता एवं अभिनेता खगेन्द्र लामिछानेले यसबारेमा जानकारी गराए। उनले सिनेमा हलमा दर्शकहरुले तेस्रो श्रृंखला कहिले ल्याउने भन्ने प्रश्न गरेकाले यत्तिको लामो समय नलगाउने तर फिल्म निर्माण हुने घोषणा गरे। फिल्मप्रति आफूहरु खुशी भएको बताए।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
निर्देशक दीपेन्द्र के खनालले अपेक्षा गरेअनुसार ‘पशुपतिप्रसाद’ जस्तो ‘पशुपतिप्रसाद २’ नभएको बताए। उनले पशुपतिप्रसादमा भन्दा कम मात्रै दर्शकले रुचाएको पाएको बताए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
उनले दर्शकलाई नढाँटी आफूहरुले काम गरेको बताए। उनले ७० प्रतिशत दर्शकले तेस्रो श्रृंखला खोजेको बताए। ‘पशुपति प्रसाद २ भष्मे डन’ चौथो हप्तामा प्रवेश गरेको अवसरमा निर्माण टिमले केक काटेर खुशियाली मनाएको थियो।