Aamsanchar

हरीकुल नमुना सेकेन्डरी स्कुलमा छात्रवृति वितरण तथा तिहार बिशेष कार्यक्रम

Author Image
शनिवार, कार्तिक २५, २०८०

झापा- झापाको कन्काई नगरपालिका-३ सुरूङ्गा स्थित हरीकुल नमुना सेकेन्डरी स्कुलले छात्रवृति वितरण तथा तिहार बिशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको दोस्रो ठुलो चाडको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

कुल प्रसाद- हरिमाया छात्रवृतिबाट नर्सरी देखि १० सम्मका कक्षा उत्कृस्ट बिद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । यस्तै सिक्स डटर्स फाउन्डेसन र महेश्वोरी फाउन्डेसन बाट ४/४ जान विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ ।
गदाधर- नर्बदा छात्रवृति (सुदेश ढकाल हाल अमेरिका), बिर बहादुर श्रेष्ठ छात्रवृति (बिक्रम श्रेष्ठ हाल देश बाहिर), कार्की छात्रवृति ( आशिष कार्की हाल देश बाहिर), दिव्य- कृष्ण छात्रवृत्ति (भुवन पोख्रेल हाल देश बाहिर), दिलिप बस्नेत छात्रवृति(संजीव बस्नेत हाल देश बाहिर) , रूनिल-रोजेन छात्रवृति समिर पौडेल( हाल देश बाहिर)बाट २/२ जना विध्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । साथै अंकित राई छात्रवृति र टिका दत्त- हरिप्रिया छात्रवृति १/१ जना लाई प्रदान गरिएको छ । चन्द्र मैनालीले अध्यक्षता गर्नुभएको कार्यक्रम माथि प्रकाश रोशन के.सीले गर्नुभयो ।

कार्यक्रममा श्याम पौडेल, टिका पोखल, दिव्यराज ढकाल, निल कुमारी ढकाल, सुपुजिता ढकाल सुबेदीको बिशेष आतिथ्यता रहेको थियो । सोही अवसरमा विध्यार्थीले तिहार बिशेष प्रस्तुति राखेका थिए । कार्यक्रमको संचालन सन्दीप मरासिनीले गर्नुभयो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर