Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
आइतवार, कार्तिक २६, २०८०

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)