Aamsanchar

बिहारको घोडासहनमा ट्रयाक्टरले किचेर नेपाली महिलाको मृ*त्यु

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

प्रतिकात्मक तस्बिर

रौतहट –रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा ट्रयाक्टरले किचेर नेपाली महिलाको मृत्यु भएको छ ।स्थानीय पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु भएको हो। छठ पर्वको लागि सामान खरिद गर्न श्रीमानसहित घोडासहन जाँदा उक्त घटना भएको थियो।

घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर