Aamsanchar

पाटेबाघको आक्रमणबाट बर्दियामा २४ वर्षीया युवतीको ज्यान गयाे

Author Image
आइतवार, मंसिर ३, २०८०

बर्दिया – पाटेबाघको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिनुभयो ।

आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै गएको छ । यी क्षेत्रमा बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर