Aamsanchar

यी बानी जस्ले नस्ट गर्छ दिमाग

Author Image
बुधवार, मंसिर ६, २०८०

काठमाडौं – आजकल मानिस धेरै अल्छी भएको एक अध्ययनले देखाएको छ।

इन्टरनेटको पहुँचले गर्दा धेरै सामाजिक सञ्जालमा व्यस्त रहने तथा व्यायाम नगर्ने कारण मानिस अस्वाभाविक रूपमा मोटाउने गर्छन्। त्यसले शरीर शिथिल मात्र बनाउने नभई दिमाग समेत नष्ट गर्ने अध्ययनले जनाएको छ।

व्यायाम नगर्नु

व्यायाम गर्दा ब्रेन–डराइभ्ड न्युरो ट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। व्यायाम नगर्दा यी फाइदाबाट वञ्चित भइन्छ।

भुँडे हुनु

पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामे सन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएका खण्डमा मस्तिष्कको ‘ग्रेम्याटर’ कम हुन जान्छ। ‘ग्रेम्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गतिशीलता, स्मृति र भावना नियन्त्रण गर्दछ।

अपथ्य भोजन

तपाईँले जे खानु हुन्छ त्यसले मन–मस्तिष्कलाई सोझै प्रभाव पार्दछ। तारेका र प्रशोधित खाद्यवस्त भोजनमा बढी समावेश गरिएमा त्यसले शरीरमा ‘इन्फ्लामे सन’ उत्पन्न गर्दछ। जसका कारण स्मृति ह्रास, अस्थिर मनोवेग, भ्रान्ति र डिप्रेसनजस्ता समस्या ल्याउन सक्छ।

घरभित्रै धेरै समय बिताउनु

अधिक समय घर भित्रै रहँदा सूर्यको प्रकाशबाट वञ्चित भइन्छ। पर्याप्त मात्रामा सौर्य प्रकाश शरीरमा परेन भने शरीरको जैविक घडी ‘सर्केडियन रिदम’ मा असर परेर सेरोटोनिन हर्मोनको मात्रा कम हुन जान्छ। यसले मौसमी विकार र डिप्रेसन आउँछ।

अपर्याप्त निद्रा

राम्रोसँग निद्रा परेन भने शरीरमा त्यसको प्रभाव तुरुन्तै पर्छ। शरीरमा आलस्य आउने र दिमागको क्षमतामा प्रभाव परेर सही निर्णय लिन नसक्ने, एकाग्रता नहुने, अस्थिर मनोवेग र सिकाइमा समस्या जस्ता विकार देखिन्छन्। निद्राको समस्या लामो समय रह्यो भने ‘न्युरोलोजिकल’ समस्या समेत देखिन्छ।

पोर्न हेर्नु

पोर्न भिडियो धेरै हेर्दा दिमागको संरचनामा परिवर्तन आउने अनुसन्धानबाट खुलेको छ। पोर्नले ‘डो पामाइन’को मात्रामा हलचल ल्याउने गर्छ। समग्रमा मस्तिष्कको आकार, प्रकार र रासायनिक सन्तुलन नै बिगारिदिन्छ।

नयाँ नसिक्नु

मस्तिष्क पनि मांसपेशी जस्तो हो। यसलाई व्यायाम चाहिन्छ। दैनिक नयाँनयाँ कुरा सिक्दा मस्तिष्कको पर्याप्त व्यायाम हुन्छ। प्रयोगका आधारमा मस्तिष्क खुम्चिने र बढ्ने गर्छ।

नयाँ कुरा सिक्दा न्युरोनको सक्रियता बढ्ने र विद्युतीय आवेगको गतिशीलता समेत बढ्ने गर्छ।

मस्तिष्क स्वस्थ राख्ने उपाय

नियमित व्यायाम गर्ने, मस्त निदाउने, पोसिलो खाना खाने, शरीरको तौल ठिक राख्ने र नयाँ कुरा सिकिरहने गर्नाले दिमागलाई स्वस्थ्य राख्न सकिन्छ।

यस्तै पोर्न भिडियो नहेर्ने र घर बाहिर प्रकृतिमा घुमघाम गर्ने बानीले मस्तिष्क स्वस्थ राख्न सकिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१