![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231123_090500578.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – बिर्तामोड नगरअस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो ।
शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० डा। सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले स्त्री तथा प्रसुती रोग सम्बन्धीका सबै रोगहरु विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने बताउनु भयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा। अधिकारीले जानकारी दिनु भयो ।
नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी ९प्रसूती० सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य विमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा छ ।
यसैगरी सहुलियत दरमा एक्स-रे, भिडियो एक्स-रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवासमेत उपलब्ध छन् ।
नगरअस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भईरहेको छ । नगरअस्पताल सुविधासम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजि अस्पतालमा गएर महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।