![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231124_065152304.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं – ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।
विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।
अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २ सय ८ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि इङ्लिसले ५० बलमा ११ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय १० रनको योगदान गरे। यसैगरी स्टिभ स्मिथले ४१ बलमा आठ चौकाको मद्दतले ५२, टिम डेविडले अविजित १९ र म्याथ्यु सर्टले १३ रन बनाए।
दोस्रो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे। भारतका लागि रवी बिश्नाई र प्रसिद्ध कृष्णले समान एक विकेट लिए।
अष्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।