Aamsanchar

झापामा पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत, राप्रपाद्वारा शक्ति प्रदर्शन

Author Image
शनिवार, मंसिर ९, २०८०

झापा : पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले झापामा शनिबार शक्ति प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा पूर्व राजा शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरिएको हो ।

पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि बिर्तामोड प्रस्थान भए लगतै धुलाबारीस्थित मेची क्राउन होटेलबाट मोटरसाइकल र्‍यालीसहित राप्रपाले बाजागाजासहित शक्ति प्रदर्शन गरेको हो। राप्रपाको र्‍यालीमा सयौँको उपस्थिति रहेको थियो ।

पूर्व राजा शाहले बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा कलेज प्राङ्गणमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । पूर्व राजा शाह शुक्रबार झापा आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर