Aamsanchar

रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना

Author Image
शनिवार, वैशाख १९, २०८३

नेपालगन्ज- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैया नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार ३८ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार शनिवार बिहान राप्तीसोनारी २ अगैया घण्टहवा खोला नजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३५३७ नम्बरको बस रोकिराखेको लु २ ख ५७०८ नम्बरको ट्रकमा ठोक्किँदा ३८ जना यात्रु घाइते भएका छन् ।

सो क्षेत्रमा गस्तीमा रहेको नेपाली सेनाको टोलीले दुर्घटनाको खबर प्रहरीलाई दिनुका साथै प्रहरीसँगै मिलेर घाइतेको उद्धार गरेर घाइतेलाई तत्काल उपचारकालागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट कैलालीतर्फ गइरहेको सो बसका सबै घाइतेको उपचार शिक्षण अस्पतालमा भइरहेको र उहाँको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा परेर घाइते हुनेमा कैलाली बर्दगोरिया गाउँपालिका ४ का वर्ष २८ का रमेश साउद, सोही गाउँपालिका १ का वर्ष २५ का कृष्ण साउद, कैलाली टीकापुर नगरपालिका १ का वर्ष २० का जीवन सोडारी, टीकापुर ४ का वर्ष ८१ की जसु बूढा, सोही स्थानकी वर्ष ५२ कि कमला शर्मा, धनगढी उपमहानगरपालिका १४ का वर्ष ६८ का सङ्ग्राम गिरी, उहाँका ६ वर्षका नाति विधान गिरी, कैलाली जानकी गाउँपालिका १ की वर्ष ३९ की सोमती कुमारी चौधरी र जानकी गाउँपालिका ६ की वर्ष २३ कि करिश्मा बिक हुनुहुन्छ ।

त्यसैगरी, से बर्दगोरिया गाउँपालिका ३ खैरेनी की वर्ष २१ की कल्पना बिष्ट, टीकापुर नगरपालिका ५ बस्ने वर्ष ३८ का मनबहादुर थापा मगर, टीकापुर ४ बस्ने वर्ष २८ का आशिष थापा, सोही ठाउँ बस्ने वर्ष ६० का ढकेन्द्रबहादुर थापा, टीकापुर ८ बस्ने वर्ष ४१ की रमिता थारु, बर्दगरिया गाउँपालिका ६ बस्ने वर्ष २३ की सुहाना भण्डारी, कैलालीको जानकी गाउँपालिका ६ बस्ने वर्ष ३५ का महेन्द्र शाही, जानकी गाउँपालिका ३ बस्ने वर्ष ४५ का भीमबहादुर विश्वकर्मा, टिकापुर ५ बस्ने वर्ष २२ की सोनी चौधरी, टीकापुर १ बस्ने वर्ष ५७ की सरिता जैसी, उहाँकी सात वर्षकी नातिनी देवान्सी भाट र जानकी गाउँपालिका ४ बस्ने वर्ष ३२ की सबिना कुमारी डंगौरा पनि घाइते हुनुभएको छ ।

यस्तै जिल्ला बझाङ गदरै गाउँपालिका वडा नम्बर ७ बस्ने वर्ष ३५ की राधादेवी रोकाया, टीकापुर १० बस्ने वर्ष ५० की विमलादेवी तिमिल्सिना, कैलाली गौरीगङ्गा नगरपालिका ६ बस्ने वर्ष २२ का तारा साउद, जिल्ला बैतडी प्रचौडी नगरपालिका १ बस्ने वर्ष ४५ का पदमबहादुर बम, टीकापुर १ बस्ने वर्ष २७ की बसन्ती रेग्मी, सोही ठाउँ बस्ने वर्ष ३५ की शोभा रेग्मी, धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ५० की वृन्दा कुमारी देवल, भजनी नगरपालिकाका वर्ष २७ की मनिषा चौधरी, उहाँकी तीन वर्षकी छोरी कियारा चौधरी, बर्दिया बारबर्दिया नगरपालिका ६ बस्ने वर्ष १४ की रुपा चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

सोही प्रकारले कैलाली घोडाघोडी नगरपालिका २ बस्ने वर्ष २२ का दीपक भण्डारी, टीकापुर ६ बस्ने वर्ष २७ का दिनेश थारु, टीकापुर ३ बस्ने वर्ष २९ का ओमप्रकाश चौधरी, टीकापुर १ बस्ने वर्ष ४२ का कर्णप्रसाद चौलागाईं, जिल्ला बाँके नेपालगन्ज १३ बस्ने वर्ष ३१ की प्रतीक्षा जैसी, उहाँको तीन वर्षको छोरा प्रथम जैसी, कैलाली बर्दगोरिया गाउँपालिका ४ बस्ने यशोदा साउदको पाँच महिनाकी छोरी राया साउद र जिल्ला अछाम विनायक पञ्चदेवल नगरपालिका ७ बस्ने वर्ष ४५ की लक्ष्मीदेवी रावल पनि घाइते भएकोले उहाँहरु सैबको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र ट्रक दुबैका चालकलाई नियन्त्रणमा लिएर घट्नाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर