Aamsanchar

ताप्लेजुङमा एमाले नेता योगेश भट्टराईको निवास अगाडि प्रदर्शन

Author Image
आइतवार, मंसिर १०, २०८०

ताप्लेजुङ – ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवास अगाडि प्रदर्शन गरेका छन् । उनीहरूले दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृह जिल्ला आएका सचिव भट्टराईको निवास अगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच घम्साघम्सी समेत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका विच दुई पक्षबीच घम्साघम्सी भएको हो ।

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले आइतबार  पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । सांसदहरु लगायतका कार्यकर्ता चियापान कार्यक्रमस्थल पुगिसकेको एमाले कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

पहिचान पक्षधरले एमाले कार्यालय अगाडिपनि प्रदर्शन गरेका छन् । उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन् । उनीहरुले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर