Aamsanchar

आज झापा र इलाम भिड्दै

Author Image
सोमवार, मंसिर ११, २०८०

झापा – नेपाल सुपर लिग फुटबल एनएसएलमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दैछन्। ​

एनएसलको दोस्रो संस्करणबाट लिगमा डेब्यु गरेका यी दुई टोलीबीचको खेल अपराह्न्न साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

स्पोर्टिङ इलाम एनएसएलको उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग पराजित भएको थियो। झापा भने आज पहिलो खेलका लागि मैदान उत्रिने छ।

दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन्। यसअघि हिजो साँझ भएको खेलमा साविक उपविजेता धनगढीले नवप्रवेशी वीरगंजलाई २–१ गोलले पराजित गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर