Aamsanchar

माेरङकाे एक कवाडी गोदाममा आगलागी, एक जनाकाे मृत्युु, घाइते तीन जनाकाे अवस्था पनि गम्भीर

Author Image
बुधवार, मंसिर २०, २०८०

माेरङ: विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।

न्युरोमा उपचार गराइरहेका अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीहरुको शरिरमा ८० प्रतिशतभन्दा धेरै जलेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)