Aamsanchar

माेरङकाे एक गाेदाममा आगलागी : मृतककाे संख्या तीन पुग्याे

Author Image
बिहिवार, मंसिर २१, २०८०

विराटनगर – विराटनगर महानगरपालिका–७ को सातघुम्तीमा रहेको कबाड गोदाममा बुधबार दिउँसो आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

दुई जनाको घटानस्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

दीपक मण्डल र सुनिता कामतको घटनास्थलमै मृत्यु भएको र सुशिला पासवानको उपचारका क्रममा किर्तिपुरको वर्न अस्पतालमा गएराति ८ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)