Aamsanchar

छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको १४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

Author Image
शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना नेपाली नागरिक पक्राउ परेका छन्। सुनसहित गोरखा बारपाक घर भएका चन्द्र घले र धुमबराही बस्ने मिन घले पक्राउ परेका हुन्।

फ्लाइ दुबईको एफजेड ५७३बाट बिहीबार राती ११:५६ मा काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको १४ किलो सुनसहित पक्राउ गरिएको डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

चन्द्र घलेसँग सोधपुछ गरी सुन धुमबराही बस्ने मिन घलेको भन्ने जानकारी पश्चात् मिन घलेलाई पनि पक्राउ गरीएको हो। अहिले दुई जनालाई नै नियन्त्रणमा लिएर भनसारले अनुसन्धान गरिहेको डिआइजी ठकुरीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)