Aamsanchar

झापा :अवैध काठसहित पक्राउ परेका दुई जनाले प्रहरीलाई घुस दिन खाेजेपछि…

Author Image
शनिवार, मंसिर २३, २०८०

झापा – झापा प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएका टोली शनिबार बिहान साढे ५ बजेको समयमा अर्जुनधारा नगरपालिका-५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले ट्याक्टरसहित अर्जुनधारा- ३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानीलाई पक्राउ गरेको छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा माटोले छोपेर काठ ल्याएको फेला पारेको थियो। प्रहरीले चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४।५ क्युफिट सखुवा जातको काठ फेला परेको थियो।

बरामद गरिएका काठको मुल्य २ लाख ७० हजारको प्रहरीको अनुमान छ। उक्त काठ नियन्त्रणमा लिने क्रममा प्रहरीलाई काठ तस्कर समूहले ९५ हजार घुस दिन खोजेको दाबी गरिएको छ। प्रहरीले उक्त नगद, काठ, ट्याक्टरसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा बुझाउने जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर